लुम्बिनीको मायादेवी मन्दिरमा नयाँ गजुर राखियो « Khabarhub

लुम्बिनीको मायादेवी मन्दिरमा नयाँ गजुर राखियो


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ ।

सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र लर्टट्रथ आक्रापास पोङगले आर्थिक सहयोग गरेको कोषले जनाएको छ ।

दाता मालिनोङ्गे बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो । यसअघिको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

उनका अनुसार स्वयम्भू स्तुपाको ढाँचामा रहेको गजुर करिब तीन महिना लगाएर तयार पारिएको थियो । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ ।

गजुरसँगै बुद्ध जन्मस्मारक मार्कन स्टोनको कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुौद्ध अभियानकर्मी राजा शाक्यका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब रु ६० लाख लगानी लागेको शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४६ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै