भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास | Khabarhub Khabarhub

भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।

भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगमा आज पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षति काम गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यासको अवलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । जोखिमको समयमा उद्धार टोलीलाई समेत तयारी अबस्थामा राखिनुपर्ने उनको भनाइ थियो । विपत्ति समय हेरेर नआउने भन्दै उनले यस्ताखाले जोखिम न्यूनीकरणमा महानगर सधैँसँगै रहेको बताए । विपद्भन्दा हामीले बनाएका संरचना समस्याको रुपमा रहेको उनको भनाइ थियो । उनले भन, “विपद्का समयमा हाम्रा संरचनाले ठूलो क्षति पु¥याउने गरेको छ ।”

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमितरुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका विषयमा ज्ञान बढ्दै जाने बताए। जिल्लामा रहेका सबै पालिकासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्दै आएको उनले बताए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहले विपद्को समयमा सशस्त्र प्रहरी बल सधैँ अग्र पङ्क्तिमा रहेर काम गर्दै आएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : २६ बजे

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका