नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशनको सेमिफाइनलमा « Khabarhub

नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशनको सेमिफाइनलमा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरिया अफ्रिका कप अफ नेशन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २–१ ले पराजित गर्दै नाइजेरियाले अन्तिम चारमा स्थान बनाएको हो ।

नाइजेरियाको जितमा सामुएल चुक्वुएजे र विलियम ट्रुस्ट एकोङ्गले गोल गरे । दक्षिण अफ्रिकाका लागि बोङ्गानी जुङ्गुले गोल गरेका हुन् । २७ औँ मिनेटमा चुक्वुएजेको गोलबाट नाइजेरियाले पहिलो हाफमा सुरुवाति अग्रता लियो ।

७१ औँ मिनेटमा जुङ्गुले दक्षिण अफ्रिकाका लागि बराबरी गोल फर्काए । तर ८९ औँ मिनेटमा एकोङ्गले गोल गर्दै नाइजेरियाको जित निश्चित गरेका हुन् ।

यसैबिच सेनेगलले पनि सेमिफाइनलमा स्थान बनाएको छ । बेनिनलाई १–० ले पराजित गर्दै सेनेगलले अन्तिम चारमा स्थान बनाएको हो ।

सेनेगलको जितमा इद्रिसा गेईले ६९ औँ मिनेटमा गोल गरे । ८२ औँ मिनेटमा भेर्डन सीधै रातो कार्ड पाएर बाहिरिएपछि बेनिन १० खेलाडीमा सीमित भएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ३३ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा