उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी | Khabarhub Khabarhub

उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका-२०७९ स्वीकृत गरेको छ । उर्लाबारीको बढ्दो सहरीकरण व्यवस्थित गर्न जथाभावी हुने प्लटिङ व्यवसाय रोकी जमिनको संरक्षण गर्न पालिकाले निर्देशिका जारी गरेको नगरपालिकाले जनाएको छ । 

यसअघि जग्गा कित्ताकाट खुला गरेको नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबास व्यवस्थित र योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरेको हो ।  

बढ्दो शहरीकरणमा ध्यान दिँदै भविष्यमा हुने जोखिम अहिलेदेखि नै नियन्त्रण गर्न निर्देशिका जारी गरेको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए। अधिकारीले भने, ‘सहरको विकासको दीर्घकालीन पक्ष हेरेर निर्देशिका जारी गरिएको छ, यसले जथाभावी हुँदै आएको प्लटिङ व्यवसाय नियन्त्रण गरी, व्यवस्थित सहर निर्माणमा सहयोग पुर्‍याउनेछ ।’

निर्देशिका लागू भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचनालगायतलाई रोक लगाउँदै व्यवस्थित सहरको विकासमा सहयोग पुग्ने नगरप्रमुख गङ्गाप्रसाद खरेलको भनाइ छ ।

खरेलले भने, ‘व्यक्तिले जथाभावी जमिन खण्डिकरण गरी चिराचिरा पारेका कारण कतिपय ठाउँमा उर्बर जग्गासमेत प्लटिङमा परिणत भएका छन्, त्यसले कृषि उत्पादन हरेक वर्ष घट्दो छ । हाम्रो पालिका कृषिमा निर्भर नगरपालिका हो, कृषि क्षेत्रको संरक्षण गरी बढ्दो सहरीकरण व्यवस्थित गर्न यो निर्देशिका जारी गरिएको हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : १८ बजे

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

धरान – लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

काठमाडौं – पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका

प्रधानमन्त्री भन्छिन्ः झापामा अरु कमजोर भए, चुनावबाट दुर्गा प्रसाईँ आउन सक्छन्

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले झापामा पुराना नेता र दलको अवस्था

जोमसोम–कागबेनी सडक भाँसिदा गन्तव्यमा नपुगी फर्किए पर्यटक

मुस्ताङ – निरन्तरको वर्षाका कारण जोमसोम–मुक्तिनाथ–कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन