मनसुन सक्रिय हुँदा बाढीपहिरोको जोखिम « Khabarhub

मनसुन सक्रिय हुँदा बाढीपहिरोको जोखिम


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । लगातार वर्षा हुँदा आइपर्ने प्राकृतिक विपद्को जोखिम पनि बढ्न थालेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको भन्दै बासीले आज काठमाडौँ उपत्यकामा पूर्ण बदली रहेको र अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको बताए ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको २ दिनको मौसमी अनुमान

असार २६ गते (बिहिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (शुक्रबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ४१ बजे

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८