आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु « Khabarhub

आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाक‍ो बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।

 साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र  उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियो  । पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार गरे पनि निको भएको थिएन ।

उनको अवस्था सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिए ।


 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : ५२ बजे

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता