आजदेखि १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदै « Khabarhub

आजदेखि १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदै


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइने छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ ।

शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ३ : ३३ बजे

रविलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

एजेन्सी– इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा

म्युजिकल फिल्मबाट चिनाइँदै बाहाने पोखरी र राई संस्कृति (तस्बिरहरू)

काठमाडौं– नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि प्रचार प्रसारको अभावमा

सामुदायिक रेडियोलाई टिकाइराख्न समस्या भयो : अकोराब

चितवन– सूचना र जानकारी समुदायमा पुर्‍याउन सशक्त माध्यम बनेको सामुदायिक

शिल्पा शेट्टीसँग जोडिएको ‘बास्टियन’ रेस्टुरेन्टमा आयकरको छापा

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको चर्चित ‘बास्टियन’ रेस्टुरेन्टमा भारतको