हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा | Khabarhub Khabarhub

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन् । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उनले हतियार उत्पादन बढाउने वाचा गरेको ।

‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख गर्दै देशको राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिशिचत हुने बताए ।

देशको प्रतिरक्षा क्षमता विस्तारलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सशस्त्र सेनाका सबै डफ्फाको सन्तुलित विकास गरी सञ्चार उपकरण, ड्रोन र तोपखाना प्रणालीलाई अझ सुदृढ तुल्याएर सञ्चालन गर्ने बताए। “अब हाम्रो उद्योगले परम्परागत हतियारको सम्पूर्ण दायराको उत्पादन द्रुत गतिमा बढाउँनेछ,” उनले भने ।

राष्ट्रपति पुटिनले युक्रेनमा साहसपूर्वक लडिरहेका फौजको प्रशंसा गर्दै मुलुकको ऐतिहासिक भूमिमा जनताको रक्षा गर्ने सैनिक अटुट एकताका सूत्र हुन् भन्नुभयो । एकता नै विजयको द्योतक हुने उनले बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : ५५ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र