गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ « Khabarhub

गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानूनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानूनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराए । उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुयाउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुईमत नरहेको बताए ।

कार्यक्रममा गाँजाका सम्बन्धनमा पर्याप्त अनुसन्धान नभएको, औषधि प्रयोजनका लागि राज्यले प्राथमिकता दिनुपर्ने, नीति प्रतिष्ठानले यस विषयलाई मूल विषय बनाउनुपर्ने, आर्थिक लाभको बलियो आधार, नियमन र व्यवस्थापन गर्ने गरी कानून निमार्ण गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : ५० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक