राष्ट्रिय सेवा दलमा पाँच सय ७६ जना दीक्षित « Khabarhub

राष्ट्रिय सेवा दलमा पाँच सय ७६ जना दीक्षित


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिम सम्पन्न गरेका पाँच सय ७६ जना क्याडेट विद्यार्थी दीक्षित भएका छन् ।

आज यहाँ सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा दुई सय ७० छात्र र तीन सय छ छात्रा दीक्षित भएका हुन् । दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले वार्षिक प्रतिविदेन पेस गरेका थिए । उनले दलमा युवाको सङ्ख्यासँगै गुणस्तर वृद्धिका लागि पाठ्यक्रममा थप विषय समेट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूको क्षमता अभिवृद्धिका लागि पाठ्यक्रममा थप विषय समेटिनेछ । आगामी दिनमा प्रत्येक जिल्लाबाट केही विद्यार्थीलाई तालिममा सहभागी हुने अवसर दिइनेछ ।”

यस वर्षको सिनियर डिभिजनअन्तर्गत पाँच हजार नौ सय ७६ र सिनियर डिभिजनतर्फ एक हजार सात सय २७ विद्यार्थीले राष्ट्रिय सेवा दलको तालिम लिएका छन् । यस वर्ष जम्मा सात हजार पाँच सय ६८ विद्यार्थीले तालिम लिएका हुन् । अहिलेसम्म ६६ हजार सात सय ७६ विद्यार्थीले तालिमप्राप्त गरेका छन् ।

समारोहमा भारत, माल्दिभ्स र पाकिस्तानका अतिथिहरूको सहभागिता रहेको थियो । विसं २०२० मा स्थापना भएको राष्ट्रिय सेवा दलमा अहिलेसम्म सिनियर डिभिजनतर्फ १० हजार आठ सय ५९ र जुनियर डिभिजनतर्फ ५५ हजार नौ सय १७ जना रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १० : ३८ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको