राष्ट्रपतिको उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने | Khabarhub Khabarhub

राष्ट्रपतिको उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराउनुभएको थियो । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो ।

निर्णयका क्रममा नेताहरूका बीच मतभेद बढेर विवाद भएपछि निर्वाचन अगावै उम्मेदवारलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय गर्न अर्को बैठक बोलाइने भएको छ । निर्वाचन आयोगले यही फागुन १३ गते भोलि राष्ट्रपति पदको मनोनयन गर्न र २५ गते मतदानको समय तोकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ०४ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक