हुम्लाको सिमकोटमा चैतलो पर्व सुरु « Khabarhub

हुम्लाको सिमकोटमा चैतलो पर्व सुरु


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–१, २, ५, ६ र ८ वडामा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व सुरु भएको छ ।यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । फागुन १२ गतेकै दिन गौरा पर्वकारूपमा यहाँ क्षत्री जातिले विषेशरूपले मनाउँछन् ।

परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाबाट भगवान् र देवताका बारेमा भजन गीतमार्फत ‘गाउँरे’ गरिन्छ । दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको गोरासिहं बोहराले बताए। यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो घाग्रोले बनेको दौरा लगाएर बोहरा रभण्डारी दुई जातिले प्रतिस्पर्धाका रूपमा तरबार समातेर नाच देखाउने गर्छन् ।

यो पर्वमा गाउँ नजिकैको पायकपर्ने स्थानमा महिलाले सिँगारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउने नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चढेर नृत्य पनि गरिन्छ ।

एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहे गाउँमा आउँछन् ।ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षत्री समुदायले पनि चाड पर्वका रूपमा मनाउने गरेका छन् । केही वर्षयतादेखि फागुन १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्व मनाइँदै आएको छ ।

विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् । चैतलो पर्वलाई यहाँका महिलाले पहेँलो वस्त्रधारणा गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गर्छन् । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ ।

श्रीमान्को मनोकामना पूरा होस् भनेर बिहानैदेखि व्रत बसेर नुहाइधुवाई गरेर महिला गीत गाउन जाने गर्छन् । गाउँको सार्वजनिकस्थलमा गाउँभरिका महिला परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर नाच्ने गर्छन् । शरीरमा गाउन लगाउने र पहेँलो कपडा ओढेर गीत गाउँदै नाँच्ने महिलाको लस्कर निक्कै रमाइलो देखिन्छ ।

गाउँगाउँ, टोलटोलबाट पहेँलो वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिकरूपमा खेल्ने गीत नाच नै ‘चैतलो’ हो । यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभा थाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पङ्क्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुण गान गाउने र गीत नाच खेल्ने गरिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ३३ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७