रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भयो पोल्याण्ड | Khabarhub Khabarhub

रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भयो पोल्याण्ड


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोल्याण्डले युरोपेली सङ्घ (ईयू) ले रूसविरूद्ध लगाएको पछिल्लो प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भएको जनाएको छ ।

पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेको एक वर्ष पुगेको दिन शुक्रबार युक्रेनको भ्रमणका क्रममा रुसविरुद्ध युरोपेली सङ्घ (ईयू) ले लगाएको पछिल्लो प्रतिबन्ध ’निकै नरम र कमजोर’ भएको बताएका हुन् ।

ब्रसेल्समा रूसविरूद्ध प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्ने चर्चा चलिरहेका समय पोल्याण्डको आपत्तिका कारण वार्ता रोकिएको युरोपेली कूटनीतिज्ञहरूले बताएका थिए ।

“जहाँसम्म १० औँ प्रतिबन्ध प्याकेजको कुरा छ, हामी यसमा खुसी छैनौँ किनभने यो धेरै नरम छ, धेरै कमजोर छ । हामी प्रस्ताव गर्दछौँ कि थप व्यक्तिहरू समावेश गरियोस्,” मोराविकीले कीभमा भने ।

“हामीले लामो समयदेखि थप रुसी उत्पादनमाथि प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका छौँ,” उनले भने ।

ब्रसेल्सस्थित कूटनीतिक स्रोतले पोल्याण्डले कडा कदम चाल्न गरेको मागका कारण अझै पनि ‘निकै महत्वपूर्ण’ प्याकेज कार्यान्वयन गर्न ढिलाइ भइरहेको गुनासो गरेका छन् ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ५३ बजे

मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर

मन्थली– रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर

गोविन्दा-सुनिता : डिभोर्सको हल्लाबीच पनि उत्सवमा देखिए एकसाथ

काठमाडौं– बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा अहिले डिभोर्सको

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण

नेपालको सीमाबाट तीन पाकिस्तानी आतङ्ककारी बिहार प्रवेश गरेको भारतीय सञ्चार माध्यमको दाबी

काठमाडौं- भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन