सामाजिक सञ्जालबाट अलग्गिने अभिनेत्री सेलेनाको घोषणा « Khabarhub

सामाजिक सञ्जालबाट अलग्गिने अभिनेत्री सेलेनाको घोषणा


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन् । उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् ।

सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन् । जबकी काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन् । सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो । यद्यपि यी सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी छु । म धन्य पनि छु । सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन् । म यो भन्दा बढी खुशी हुन सक्दिनँ । म ठीक छु । म जस्तो छु, मलाई मनपर्छ । मलाई चिन्ता छैन’, उनले भनेकी छन् ।

३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन् । ‘म सामाजिक सञ्जालबाट टाढिँदैछु । किनकी यो थोरै मूर्खतापूर्ण हुन्छ । म ३० वर्षको भएँ । म तपाईँहरूलाई धेरै माया गर्छु । म चाँडै तपाईँहरूलाई भेटन आउँदैछु । मलाई अहिले हरेक कुराबाट ब्रेक लिनुछ’, उनले भनेकी छन् ।

सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन । उनले यसअघि पनि कैयौँ पटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिइसकेकी छन् । सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन् । 

यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ । यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै