राष्ट्रपतिमा प्रभु साहको समर्थन पौडेललाई | Khabarhub Khabarhub

राष्ट्रपतिमा प्रभु साहको समर्थन पौडेललाई


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। प्रभु साह नेतृत्वको आम आदमी पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ ।सो पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक बिज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन ।

‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार बिभाग प्रमुख साहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एबम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत ब्यक्त गर्दछु ।’

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ ।पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ४९ बजे

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित