खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात   « Khabarhub

खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात  


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्बको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ।

शनिबार आयोजित २५औं साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन–सत्रमा वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा धेरै ठूलो खाडल रहेको तथ्यांक सार्वजनिक गरेका हुन्। बिदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्बले जिल्लाको अर्थतन्त्र चलायमान बनाइरहेको अध्यक्ष राईले बताए। उनका अनुसार जिल्लामा वार्षिक १५० करोडको मदिरा भित्रिने गरेको छ।

अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर लगायतले जिल्लाको निर्यातलाई धानिरहेको अध्यक्ष राईले उल्लेख गरे।  ‘वार्षिक झण्डै १५० करोडको मदिरा, सय करोडको खानेतेल, १३० करोडको खानेतेल, १३० करोडको दालचामल, १९० करोडको चाउचाउ बिस्कुट, १५० करोडको कपडा जुत्ता, ६० करोडको मोबाइल कम्प्युटर, ५० करोडको इन्टरनेट रिचार्ज, ६० करोडको इन्धन, ३० करोडको श्रृंगार कस्मेटिक, तीन सय करोडको निर्माण सामग्री लगायत १५ अर्बभन्दा बढीको वस्तु तथा सेवा आयतमा खर्च हुन्छ,’ अध्यक्ष राईले भने ‘अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर–काठ लगायत सीमित वस्तुहरु मात्र २५ करोडको हाराहारीमा जिल्ला बाहिर निकासी हुने आँकडा छ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सीमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ।

‘प्राकृतिक श्रोत साधनले सम्पन्न भए पनि पूर्वाधार अभाव र योजनागत विकासको काम सुस्त हुँदा विकास र आर्थिक सूचकमा पछाडि देखिएको छ। उत्पादनमूलक उद्योग, पर्यटन क्षेत्रको विकास हुन नसक्दा जनसंख्याको ठूलो हिस्सा परम्परागत निर्वाहमुखी खेती प्रणालीमै आबद्ध हुन बाध्य छन्,’ अध्यक्ष राईले भने, ‘युवा जनशक्ति वैदेशिक रोजगारमा गई उनीहरुद्धारा पठाइने वार्षिक १० अर्ब रेमिट्यान्सबाट नै जिल्लाको अर्थतन्त्र चलायमान भएको देखिन्छ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सीमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको उनले जानकारी दिए। जिल्लामा जनताको ठूलो हिस्सा उपभोगमा खर्च हुने तथ्य देखिन्छ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : २७ बजे

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका

सत्तामोहले थला परेको कांग्रेस

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा