खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात   | Khabarhub Khabarhub

खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात  


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्बको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ।

शनिबार आयोजित २५औं साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन–सत्रमा वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा धेरै ठूलो खाडल रहेको तथ्यांक सार्वजनिक गरेका हुन्। बिदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्बले जिल्लाको अर्थतन्त्र चलायमान बनाइरहेको अध्यक्ष राईले बताए। उनका अनुसार जिल्लामा वार्षिक १५० करोडको मदिरा भित्रिने गरेको छ।

अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर लगायतले जिल्लाको निर्यातलाई धानिरहेको अध्यक्ष राईले उल्लेख गरे।  ‘वार्षिक झण्डै १५० करोडको मदिरा, सय करोडको खानेतेल, १३० करोडको खानेतेल, १३० करोडको दालचामल, १९० करोडको चाउचाउ बिस्कुट, १५० करोडको कपडा जुत्ता, ६० करोडको मोबाइल कम्प्युटर, ५० करोडको इन्टरनेट रिचार्ज, ६० करोडको इन्धन, ३० करोडको श्रृंगार कस्मेटिक, तीन सय करोडको निर्माण सामग्री लगायत १५ अर्बभन्दा बढीको वस्तु तथा सेवा आयतमा खर्च हुन्छ,’ अध्यक्ष राईले भने ‘अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर–काठ लगायत सीमित वस्तुहरु मात्र २५ करोडको हाराहारीमा जिल्ला बाहिर निकासी हुने आँकडा छ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सीमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ।

‘प्राकृतिक श्रोत साधनले सम्पन्न भए पनि पूर्वाधार अभाव र योजनागत विकासको काम सुस्त हुँदा विकास र आर्थिक सूचकमा पछाडि देखिएको छ। उत्पादनमूलक उद्योग, पर्यटन क्षेत्रको विकास हुन नसक्दा जनसंख्याको ठूलो हिस्सा परम्परागत निर्वाहमुखी खेती प्रणालीमै आबद्ध हुन बाध्य छन्,’ अध्यक्ष राईले भने, ‘युवा जनशक्ति वैदेशिक रोजगारमा गई उनीहरुद्धारा पठाइने वार्षिक १० अर्ब रेमिट्यान्सबाट नै जिल्लाको अर्थतन्त्र चलायमान भएको देखिन्छ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सीमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको उनले जानकारी दिए। जिल्लामा जनताको ठूलो हिस्सा उपभोगमा खर्च हुने तथ्य देखिन्छ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : २७ बजे

कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन- दशैँमा फोन अफ नगर्नू

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले दशैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा

बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं– नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने

पर्वतका सबै ग्रामीण सडक सञ्चालन

पर्वत– नेपालीहरूको महान् पर्व बडादसैँको मुखैमा बर्खायाममा अवरुद्ध बनेका यहाँका

केपिलासगढीमा कृषि संकलन केन्द्र स्थापना

खोटाङ– केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

एजेन्सी– उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग