विषादी प्रकरणमा लज्जित हुनुपर्ने अवस्था बन्यो, क्षमा माग्छु– प्रधानमन्त्री ओली « Khabarhub

विषादी प्रकरणमा लज्जित हुनुपर्ने अवस्था बन्यो, क्षमा माग्छु– प्रधानमन्त्री ओली


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई गुमराहमा राखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले विषादी परीक्षणबारे भारतीय पत्र आएको भएपनि आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

संघीय मामला मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने,‘पत्र आएको रहेछ मलाई थाहा थिएन, जनता सामु मलाई झुटो बनाइयो, लज्जित हुनुपर्ने अवस्था बन्यो यसमा मैले क्षमा माग्नु पर्छ । पत्र भारतबाट आएको धेरै दिन अघि रहेछ ।’

प्रधानमन्त्री ओलीले उनलाई झुक्याउने काम जानाजान हो या लापरवाहीका कारण हो खुलिनसकेको बताए। उनले भने, ‘यसबारे म बुझ्नेछु।’

यसअघि प्रधानमन्त्री ओलीले बुधबार राति जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि आफूलाई भारतीय पत्रबारे अनभिज्ञ बनाइएको बताएका थिए ।

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट अत्यन्त दुखित छु,’ प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा भने,

प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीयदलमा ‘कस्तो पत्र कसले पठाएको पत्र रु’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए । उनले पत्रै नआएको दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले त्यसो भनेको दुई दिनपछि ९२३ गते० भारतीय दूतावासले असार १४ मा नै परराष्ट्र मन्त्रालयलाई सम्बोधन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र खाद्यप्रविधितथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै लेखेको पत्र सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : २८ बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले