वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन « Khabarhub

वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो ।

शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिला सेमीफाइनलिष्ट बनेका छन् । प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमलाई क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फुटबलको व्यवसायीक विकासमा टेवा पुर्‍याउने उद्धेश्यकासाथ वडास्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी प्रतियोगीता गत फागुन ६ गते प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका थिए ।

स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

वडास्तरीय फुटबल प्रतियोगीता समापन अवसरमा सञ्चारकर्मी मनोज आचार्यलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोही कार्यक्रममा रितोरियो कराते खेलाडी विद्याकला राई नगद एक लाखसहित सम्मानित भएकी छन् । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १२ : ४१ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन