सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी « Khabarhub

सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी छ ।

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनुपर्ने भन्दै दिएको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा भइरहेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुबै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्न आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानूनी व्यवस्था छ । बन्द इजलासमा दुबै पक्षका वकिलको मात्रै उपस्थिति छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ३४ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण