अख्तियारद्वारा बाटो नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा बाटो नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ ।

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ३१ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो