पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ « Khabarhub

पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिवर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत् आज उनीहरुलाई सार्वजनिक गरिएको छ ।

तेह्रथुमको आठराई गाँउपालिका–४ शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका ऐनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ५६ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई