पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ | Khabarhub Khabarhub

पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा – पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा घटनामा नियन्त्रणमा नआएकोले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेको क्षेत्रीले बताए ।

जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए ।

ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ ।

यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा संलग्न पुरुषलाई भने बिना कारबाही त्यसै छोड्ने गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा