‘मिस टीन भारत’को उपाधि १७ वर्षीया नेपाली युवतीले जितिन् « Khabarhub

‘मिस टीन भारत’को उपाधि १७ वर्षीया नेपाली युवतीले जितिन्


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा– भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् ।

झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : १९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल