महानगरले सवारी पार्किङ निषेध गरेको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन « Khabarhub

महानगरले सवारी पार्किङ निषेध गरेको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको विरोधमा व्यवसायीहरूले सोमबार अपराह्न आधा घण्टा पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका हुन् । 

सवारी आवागमनमा नै असर पुग्नेगरी दरबारमार्ग क्षेत्रमा पार्किङ गरेको भन्दै महानगरले दुई महिनाअघि सो क्षेत्रमा पार्किङ निषेध गरेको थियो । महानगरको यस निर्णयको दरबारमार्गका व्यापारीहरूले विरोध जनाउँदै आएका छन् ।

उनीहरूले यसअघि सडकको एक छेउमा मात्रै पार्किङ राखेको भएपनि महानगरले पार्किङ हटाउँदा ५० देखि ६० प्रतिशत व्यापार घटेको बताउने गरेका छन् । व्यापारीहरुले बाध्य भएर पार्किङ निषेध गर्ने महानगरको कदमको विरोध गर्नुपरेको बताएका छन् । 

दरबारमार्गमा विकास बोर्डको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘दरबारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

व्यवसायीहरूले धेरै पटक महानगरसँग वार्ता गर्ने भने तापनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । महानगरले यो पटक पनि वार्ता नगरे यो आन्दोलनले उग्ररूप लिने व्यवसायीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ०० बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट