महानगरले सवारी पार्किङ निषेध गरेको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन « Khabarhub

महानगरले सवारी पार्किङ निषेध गरेको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको विरोधमा व्यवसायीहरूले सोमबार अपराह्न आधा घण्टा पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका हुन् । 

सवारी आवागमनमा नै असर पुग्नेगरी दरबारमार्ग क्षेत्रमा पार्किङ गरेको भन्दै महानगरले दुई महिनाअघि सो क्षेत्रमा पार्किङ निषेध गरेको थियो । महानगरको यस निर्णयको दरबारमार्गका व्यापारीहरूले विरोध जनाउँदै आएका छन् ।

उनीहरूले यसअघि सडकको एक छेउमा मात्रै पार्किङ राखेको भएपनि महानगरले पार्किङ हटाउँदा ५० देखि ६० प्रतिशत व्यापार घटेको बताउने गरेका छन् । व्यापारीहरुले बाध्य भएर पार्किङ निषेध गर्ने महानगरको कदमको विरोध गर्नुपरेको बताएका छन् । 

दरबारमार्गमा विकास बोर्डको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘दरबारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

व्यवसायीहरूले धेरै पटक महानगरसँग वार्ता गर्ने भने तापनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । महानगरले यो पटक पनि वार्ता नगरे यो आन्दोलनले उग्ररूप लिने व्यवसायीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ०० बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव