आजीवन सदस्यलाई पारिश्रमिक उपलब्ध नगराउने प्रतिष्ठानकाे निर्णय « Khabarhub

आजीवन सदस्यलाई पारिश्रमिक उपलब्ध नगराउने प्रतिष्ठानकाे निर्णय


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरूलाई पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरूले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय भएको जानकारी दिएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरूलाई प्रतिष्ठानबाट पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए । उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेका छन् । दोहोरो भत्ता लिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए ।

त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरूको कार्यविभाजन पनि गरेको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र