खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताएका छन् । उनले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताए ।

ललितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार तथा खेलकुद कार्यक्रमका लागि हालको बजेटलाई गुणात्मक रुपले वृद्धि गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उल्लेख गरे ।

“पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुदलाई स्वाथ्यको लागि र राष्ट्रका लागि मात्रै हैन, अर्थतन्त्रका लागि, कूटनीतिका लागि, राजनीतिका लागि र अन्तर्राष्ट्रिय भाइचाराका लागि महत्व दिन आवश्यक ठानेर अगाडि बढेको थिएँ । दोस्रो कार्यकालमा प्रत्येक गाउँ र विद्यालयमा खेलकुदलाई संस्थागत गर्ने प्रयास गरेको थिएँ”, उनले भने, “अहिलेको कार्यकालमा पनि खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । मैले राजनीतिबाहेक खेलकुद र कलाकारितालाई अलि बढी नै महत्व र प्राथमिकता दिने गरेको छु । मेरो रुचिको क्षेत्र पनि हो ।”

प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री भएर अगाडि बढ्दा देशैभर खेलकुद क्षेत्रलाई संस्थागत गर्ने तथा देशव्यापी बनाउने कुरामा विशेष ध्यान दिएको र दशरथ रङ्गशालालाई पुनःनिर्माण गर्ने क्रममा चीन सरकारसँग कुरा गरेर विशेष योगदान गरेको स्मरण गरे । उनले आफूले राजनीतिक जीवनको महत्वपूर्ण समय च्यासलमा बिताएको उल्लेख गर्दै च्यासल रङ्गशाला समुद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले च्यासल रङ्गशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने व्यवस्थित रङ्गशाला भएको बताए । उनले यो काठमाडौँ उपत्यकामा दशरथ रङ्गशालाको वैकल्पिक भएको उल्लेख गरे ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले दाहाल नेतृत्वको सरकारले देशमा खेलकुदको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरेको जिकिर गर्दै आगामी वर्षको बजेटमा खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

विसं २०७४ असार २२ गते निर्माण थालिएको उक्त रङ्गशाला २०७९ असोज २९ गते निर्माण सम्पन्न भएको राखेप सदस्य सचिव घिसिङले जानकारी दिए । परिषद्सँगको सम्झौताअनुसार डाँफे प्रेरणा प्रतिष्ठान जेभी कम्पनीले भ्याटबाहेक रु २८ करोड १६ हजारको लागतमा रङ्गशाला निर्माण सम्पन्न गरेको हो । तीनवटा प्यारापिट भएको सो रङ्गशाला छ हजार दुई सय जनासम्म अट्ने क्षमताको रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ५ : ५२ बजे

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार