दुई वर्ष पनि टिकेन सौर्यबत्ती « Khabarhub

दुई वर्ष पनि टिकेन सौर्यबत्ती


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए । गाउँपालिकाको रु आठ लाख तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु १२ लाख गरी कुल रु २० लाखको लगानीमा बत्ती जडान गरिएका हुन् । बत्ती बिग्रीदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरासमेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताउनुभयो । मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रीएका छन् ।

राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए । “धेरै सामान त चोरी समेत भएको छ”, उनले भने । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : २६ बजे

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक