दुई वर्ष पनि टिकेन सौर्यबत्ती | Khabarhub Khabarhub

दुई वर्ष पनि टिकेन सौर्यबत्ती


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए । गाउँपालिकाको रु आठ लाख तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु १२ लाख गरी कुल रु २० लाखको लगानीमा बत्ती जडान गरिएका हुन् । बत्ती बिग्रीदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरासमेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताउनुभयो । मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रीएका छन् ।

राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए । “धेरै सामान त चोरी समेत भएको छ”, उनले भने । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : २६ बजे

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास

कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत

लम्की– कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

काठमाडौंं– यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज

श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको

अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट