टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत  « Khabarhub

टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत 


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पुनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले गोल गरेर जीत पक्का गरेका हुन्।

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याई दिए।

४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे।

यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत् रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ०१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज