भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिँदै « Khabarhub

भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिँदै


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।

एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड रुपैयाँ सहुलियत ऋणमा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै कामले गति लिएको हो ।

एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले गत मङ्सिरमा विसं २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।

थप म्यादपछि दु्रतगतिमा काम थालेको एप्कोले गत माघ महिनासम्ममा आफ्नो कामको प्रगति २२ प्रतिशत पुर्‍याएको आयोजनाको जिम्मा पाएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इन्जिनियर शरद पाण्डेले जानकारी दिए ।

“अहिले कम्पनी आफैँ आएर काम गरिरहेको छ”, पाण्डेले भने, “यही गतिमा काम भए तोकिएकै समयमा काम पूरा हुन्छ ।” मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले जानकारी दिए ।

आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा साथमा कोभिड र जिम्मा दिएको कम्पनीले समेत काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ ।

बाँकी कामको जिम्मा आफ्नै कम्पनीको निगरानीमा हुने भएकाले थप भएको समयमा आफ्नो कम्पनीले काम पूरा गर्ने होसको भनाइ छ । तराईको पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्डमा ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरी काम सुरु भएको थियो ।

सडक निर्माण सम्पन्न भएपछि धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङलाई सुनसरी, मोरङ र झापा जिल्लाले जोडिँदा उक्त क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : १३ बजे

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी