भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिँदै « Khabarhub

भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिँदै


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।

एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड रुपैयाँ सहुलियत ऋणमा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै कामले गति लिएको हो ।

एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले गत मङ्सिरमा विसं २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।

थप म्यादपछि दु्रतगतिमा काम थालेको एप्कोले गत माघ महिनासम्ममा आफ्नो कामको प्रगति २२ प्रतिशत पुर्‍याएको आयोजनाको जिम्मा पाएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इन्जिनियर शरद पाण्डेले जानकारी दिए ।

“अहिले कम्पनी आफैँ आएर काम गरिरहेको छ”, पाण्डेले भने, “यही गतिमा काम भए तोकिएकै समयमा काम पूरा हुन्छ ।” मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले जानकारी दिए ।

आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा साथमा कोभिड र जिम्मा दिएको कम्पनीले समेत काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ ।

बाँकी कामको जिम्मा आफ्नै कम्पनीको निगरानीमा हुने भएकाले थप भएको समयमा आफ्नो कम्पनीले काम पूरा गर्ने होसको भनाइ छ । तराईको पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्डमा ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरी काम सुरु भएको थियो ।

सडक निर्माण सम्पन्न भएपछि धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङलाई सुनसरी, मोरङ र झापा जिल्लाले जोडिँदा उक्त क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : १३ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव