बाँकेबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ « Khabarhub

बाँकेबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दीपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो । 

झापाको कन्काई नगरपालिका-३ कोटिहोमबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र  शिवसताक्षी नगरपालिका-८ शित्तल चोक बस्ने २६ वर्षीय मदन बिक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका-२ बस्ने २० वर्षीय शिव शंकर यादव रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ४ : ०५ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की ३३ वर्षीया एक महिलाको जटिल

राजमार्ग बन्दले काठमाडौंमै रोकिए मालवाहक ट्रक (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग

बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य

काठमाडौं– जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेन-जी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेन-जी

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राँझा– कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत