सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री « Khabarhub

सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेस गर्न प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ । सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो ।

“सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन”, रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री दाहालले भने, “तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।” उनले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताए । कार्यदलका सदस्यसचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : ३० बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको