बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धरान –  धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ । शनिबार उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

एभिनियरको जितमा खेलको ४५औँ मिनेटमा डिम्बाले १ गोल गरे । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो । मोरङका सुजन चौधरीले ८५औँ मिनेटमा आत्मघाती गोल गरे।

आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका छन् । शारीरिकरूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन । खेलको २२औँ मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके ।

मोरङका गोलकिपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौँ प्रहार विफल पारिदिए । खेलको १०औँ मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए । खेलको ३०औँ मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए । दोस्रो हाफको ३९औँ मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए । भिनियरका खेलाडीहरूले पनि पटकपटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : ५७ बजे

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्

वीरेन्द्रनगरमा नगर प्रहरी, सडक छेउछाउका ठेला व्यवसाय व्यवस्थित गरिने

सुर्खेत– कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आफ्नै प्रहरी खटाएको छ

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र

केन्द्र-वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित

एजेन्सी– जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने