सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल आज सुरु हुँदै छ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो साढे ४ बजे सुरु हुने समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

बेलुकी ५ : ३० बजे एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा लिग सुरु गर्नेछ । डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने लिगका केही खेलहरु च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि हुनेछन् । खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।

गत पुस १४ गते बसेको एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीचको बैठकले फागुन १९ गते  लिग सुरु गर्ने सहमति गरेका थिए । लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिमबीच यसपटक भिडन्त हुनेछ  ।

लिगको तयारी खर्च २५ लाख रुपैयाँ दिने निर्णय भएअनुसार एन्फाले यसअघि नै क्लबलाई अनुदान दिइसकेको छ । यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०८ बजे

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस