यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित) « Khabarhub

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित)


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ ।

जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ३७ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य