एक महिनापछि खोलियो हनुमाननगर कङ्कालिनीको ताला « Khabarhub

एक महिनापछि खोलियो हनुमाननगर कङ्कालिनीको ताला


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी – हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि आज ताला खुलाइएको हो ।

गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए ।

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो ।

आजदेखि वडा कार्यालय र नगरपािलकाको सेवा सुरु गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : ५८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न