दुर्गम क्षेत्रका बालकालिकामा कुपोषणको समस्या  « Khabarhub

दुर्गम क्षेत्रका बालकालिकामा कुपोषणको समस्या 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । 

पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताए । यकिन तथ्यांक आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ । 

“विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भने, ‘जङ्क फुडको प्रयोग बढ्दो छ, यसले कुपोषणको दर बढाएको हुन सक्छ, हामी यकीन तथ्यांक पनि लिन्छौँ र समाधानका लागि सरोकारवालालाई सुझाव दिन्छौँ ।’ अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यका बारेमा ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

कुपोषणका बिरामी बढेपछि जिल्ला अस्पतालले स्थानीय सरकारसँगको साझेदारीमा गाउँ-गाउँमा पुगेर कुपोषणको दर पत्ता लगाउँदै बच्ने उपायबारे सचेतना दिन सुरु गरेको छ । यसैबीच खिजिदेम्बा गाउँपालिकाका १३ बालबालिकामा कडा कुपोषण फेला परेको छ । जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँगाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।

खिजीदेम्बाका वडा नं १, २, ३, ६ र ९ मा पुगेर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताए । अन्य बालबालिकालाई मध्यम कुपोषण पाइएको गौतमको भनाइ छ । 

कडा कुपोषण फेला परेका बालबालिकालाई जिल्ला अस्पताल लगेर उपचार गरिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिए। मध्यमखालको कुपोषण भएका बालबालिकालाई बाल भिटा वितरण गर्दै पौष्टिक आहार खुवाउन सुझाव दिइएको छ । 

अधिकांश विपन्न परिवारका बालबालिकामा कडा तथा सामान्य कुपोषण देखिएको छ । उपचारका लागि रुम्जाटार लैजानुपर्ने बालबालिकालाई गाउँपालिकाको स्वास्थ्य शाखामार्फत यातायात खर्च व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ३२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी