होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उनले लागूऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए । ‘हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ’, उनले भने ।

पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागूऔषध नियन्त्रण ब्युरो बाँके र के-नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागूऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए। ‘यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ’,  उनले भने ।  प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ४१ बजे

सञ्चारमन्त्रीद्वारा काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमन

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी– कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत

मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा भदौ २३

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीचको एकता राष्ट्रिय