चोरी गर्नेलाई कारबाही गर्न माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र « Khabarhub

चोरी गर्नेलाई कारबाही गर्न माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी ब्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् । मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलवाट सुन चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको ब्यापारीले बताए ।

यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।

सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने ब्यक्तीको हुलिहा सहित प्रहरी र स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका माहासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए ।

दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् ।

पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

यता उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको बिषयलाई गम्भीरतापूर्वक लिएको वताएको छ । बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए ।

सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित वनाउन सुरक्षा निकाय र स्थानिय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : १६ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा