राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार हुन्छ : महासचिव गुरुङ « Khabarhub

राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार हुन्छ : महासचिव गुरुङ


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने उनले बताए । पोखरामा आज प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र देशको अर्थतन्त्रमा देखिएको सङ्कटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

उनले भने, “देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ । अहिले सबै दललाई जुटाउन प्रयास गरे पनि जुट्न सकेन, नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहमत नहुँदा सरकारबाट बाहिरिएका छन् । यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।”

महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुुुरुआतदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका भूमिका निर्वाह गरेको उल्लेख गरे।

यही फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : २६ बजे

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना

डोपिङ सूचीमा भारत फेरि पहिलो

एजेन्सी – विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले लगातार तेस्रो वर्ष

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि