जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै « Khabarhub

जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित उक्त कार्यदल आफ्नो स्थलगत अध्ययन सकेर हाल काठमाडौँ फर्किएको छ । आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सो प्रतिवेदन बुझाउने तयारी भइरहेको संयोजक थापाले जानकारी दिए ।

चुनावमा अन्तर्घात भएको विवरण प्राप्त भएको र थुप्रै नेता त्यसमा दोषी देखिएको जनाइएको छ । दोषीमाथि कारबाहीका लागि सिफारिससहित पार्टीमा प्रतिवेदन बुझाइने संयोजक थापाले बताए । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कति जना दोषी छन् भन्ने छान्ने काम अझै नसकिएकाले नाम भन्न नसकिने बताइएको छ ।

जिल्ला जिल्लामा लिइएको बयान तथा कार्यदललाई प्राप्त बयानलाई भिडाउने काम भइरहेको र त्यसको आधारमा दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिने संयोजक थापाको भनाइ छ । कारबाहीस्वरूप पार्टीबाट निलम्बन तथा निष्काशनसम्मको सिफारिस हुन सक्ने बताइएको छ ।

विसं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न कार्यदल गठन भएको थियो । तर उक्त कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नआएका कारण यो प्रतिवेदन पनि कार्यान्वयन हुनेमा नेताहरूले आशङ्का गरेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ४० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड