तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया | Khabarhub Khabarhub

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए ।

ग्रीनसिटी अस्पतालले शेर्पालाई भएजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए । उनको शल्यक्रियामा संलग्न डा रुपा झाले बिरामीको शल्यक्रिया गर्दा तत्काल अन्य जटिलता नआओस भनेर सावधानी अपनाइएको पनि सुनाए । बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ५५ बजे

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

भुटानमा विश्व शान्ति प्रार्थना महोत्सव सुरु

थिम्फु– भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव

सरकारको पुनर्निर्माण कोषमा दुई बिमा कम्पनीले जम्मा गरे सवा करोड

काठमाडौं– नेपाल सरकारले स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई वटा बिमा

खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

नवलपरासी पश्चिम- आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा

चुनावबाटै निकास सम्भव : दलका नेताहरू

भक्तपुर– देश अहिले चुनाव र संवैधानिक संकटबीचको केन्द्रबिन्दुमा उभिएको तीन