बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु | Khabarhub Khabarhub

बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ । बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले बगाएपछि विगत दुई वर्षदेखि बगरफाँटवासी सडक सुविधाबाट वञ्चित बनेका थिए ।

बगरफाँटवासीको समस्यालाई दृष्टिगत गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरी बेलिब्रिज निर्माण सुरु गरिएको जलजला वडा नं २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए। 

बेलिब्रिज निर्माणका लागि बेनी-जोमसोम-कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रु एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको छ । बेनी-जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि पक्की नयाँ पुल बनेपछि प्रयोगविहीन बनेको बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । 

पुल बन्ने स्थलको नापजाँचपश्चात् निर्माण कम्पनी कार्य क्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजका लागि निर्माण कम्पनीले बेनीबजारतर्फ कालीगण्डकी नदी किनारमा जग खन्ने काम अघि बढाएको निर्माण कम्पनीका सञ्चालक निरज भण्डारीले बताए । 

उनले बाढी र अन्य कुनै समस्या तथा अवरोध नभए निर्धारित समयभन्दा अगावै पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको जानकारी दिए । सिधा सवारी अवरुद्ध भएपछि पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलनसमेत गर्दै आएका थिए । 

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सिधा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु मान्छेले नै बोक्नुपर्ने र निर्माणका सामग्री ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ३ : २९ बजे

पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ शान्ति परियारले पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् ।

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजा सिटी- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग