बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु « Khabarhub

बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ । बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले बगाएपछि विगत दुई वर्षदेखि बगरफाँटवासी सडक सुविधाबाट वञ्चित बनेका थिए ।

बगरफाँटवासीको समस्यालाई दृष्टिगत गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरी बेलिब्रिज निर्माण सुरु गरिएको जलजला वडा नं २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए। 

बेलिब्रिज निर्माणका लागि बेनी-जोमसोम-कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रु एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको छ । बेनी-जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि पक्की नयाँ पुल बनेपछि प्रयोगविहीन बनेको बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । 

पुल बन्ने स्थलको नापजाँचपश्चात् निर्माण कम्पनी कार्य क्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजका लागि निर्माण कम्पनीले बेनीबजारतर्फ कालीगण्डकी नदी किनारमा जग खन्ने काम अघि बढाएको निर्माण कम्पनीका सञ्चालक निरज भण्डारीले बताए । 

उनले बाढी र अन्य कुनै समस्या तथा अवरोध नभए निर्धारित समयभन्दा अगावै पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको जानकारी दिए । सिधा सवारी अवरुद्ध भएपछि पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलनसमेत गर्दै आएका थिए । 

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सिधा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु मान्छेले नै बोक्नुपर्ने र निर्माणका सामग्री ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ३ : २९ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका