विषादी परीक्षणको निर्यण फिर्ता लिएको विरोधमा नेबिसंघबाट मसाल जुलुस, १४ जना पक्राउ « Khabarhub

विषादी परीक्षणको निर्यण फिर्ता लिएको विरोधमा नेबिसंघबाट मसाल जुलुस, १४ जना पक्राउ


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विषादी परीक्षणको निर्णय सरकारले फिर्ता लिएको विरोधमा विहीबार मसाल जुलुस प्रदर्शन गरेको छ ।

सरकारको सो निर्णय तत्काल फिर्ता लिन माग राख्दै नेबिसंघले विहीबार काठमाडौंको बालाजु क्षेत्रमा मसाल जुलुश प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुलाई बालाजु प्रहरी वृत्तमा लगिएको छ ।  नेबिसंघ नेता सुशील भट्टको नेतृत्वमा विद्यार्थीहरु मसाल जुलस प्रदर्शनमा उत्रिएका थिए ।

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग राख्दै नेबिसंघले चरणवद्ध आन्दोलन जारी राखेको छ । निर्णय तत्काल खारेज गर्न माग राख्दै नेविसंघले गत मंगलबार प्रमुख जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : २९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग