विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई  प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बाँकेकै कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगन्ज उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित  पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका(-४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल सञ्चालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्रामसहितप्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ४८ बजे

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी

कमलामाई– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २

ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र

काठमाडौं- नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी– रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो

काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई