दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी | Khabarhub Khabarhub

दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्सकमाथि हातपात भएपछि सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलित डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् ।

आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका हुन् । उनीहरुले काम गर्ने वातावरण नभए असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा दोषीलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरिएको छ । त्यस्तै आफूहरुको माग पूरा नभए कार्यक्षेत्र छाड्ने चेनावनी दिइएको छ । गत बुधवार अमगरढी नगरपालिका ११ सल्लाघारीका रमेशकुमार खड्काको पठाएको शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि वडा नम्बर ११ का अध्यक्ष सूर्यबहादुर खड्काको नेतृत्वमा रहेको भीडले हातपात गरेको थियो । सोही घटनालाई लिएर अस्पतालका चिकित्सक सेवा ठप्प पारेर आन्दोलित छन् ।

त्यस्तै सरकारी चिकित्सक संघ नेपालले  प्रेस विज्ञप्ति जारी गर्दै घटनाले मर्माहत बनाएको जनाएको छ । संघको विज्ञप्तिमा भनिएको छ– ‘सुरक्षाको शत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाको लागि केन्द्र (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)मा हाजिर हुन आग्रह गर्दछौं । यसबाट सर्जित सम्पूर्ण परिस्थितिको जिम्मेबार स्थानीय निकाय र प्रशासन हुनेछ ।’

यसैगरी, घटनाको नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ । घटनाप्रति गम्भीर ध्यानआकर्षण भएको जनाउँदै उक्त अस्पतालका चिकित्सकहरुको माग पूरा गराउन संघ जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने महासचिव डा. लोचन भट्टराईद्वारा हस्ताक्षतिर विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ३२ बजे

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी