नेतृत्वले लोकतन्त्र सम्हाल्न सकेन | Khabarhub Khabarhub

नेतृत्वले लोकतन्त्र सम्हाल्न सकेन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिको निर्वाचन आउनको लागि केही दिन मात्र बाँकी रहेको छ। अहिले राजनीतिक दल मत माग्न दौडधुप गरिराखेका छन्। दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको निर्वाचनका लागि दौडधुपमै छन्। दुई महिनामा देशको राजनीतिमा उथलपुथल भएको छ। सत्ताबाट प्रतिपक्ष बनेको एमाले फेरि कसरी सत्तामा पुगिन्छ भनेर खेल खेलिरहेको छ। किन यस्तो राजनीतिक चलखेल भइराखेको छ ? किन एमाले र माओवादीको सत्ता टिक्न सकेन ? विदेशी नेताको नेपाल आगमन र यसले पारेको प्रभाव के हुनसक्छ ? राजनीतिक विश्लेषक एवम् विदेश मामलाका जानकार डा. चन्द्रदेव भट्टसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

नेकपा (एमाले) र माओवादी केन्द्रबीच बनेको गठबन्धन थियो। त्यो गठबन्धन भत्किनुको पछाडि आन्तरिक राजनीति मात्र कारण हुन सक्छ ?
आन्तरिक राजनीतिक कारण प्रमुख हो। सबै भन्दा ठूलो दल नेपाली कांग्रेस हो। स्वभाविक रूपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने हो। त्यो बनेन। नेपाली कांग्रेसले सरकार बनाउन नसकेको हुँदा धक्का महसुस भएको एमालेलाई भान परेको छ। धोकाधडीको राजनीति भइरहेको थियो। एकले अर्कोलाई बदलाको भावनाले हेरेको थियो।

 पछिल्लो समयमा राजनीति केन्द्र, नेतृत्व वा प्रधानमन्त्री धेरै कमजोर भएर आयो। कसैको बहुमत नहुँदा कार्यपालिका, व्यवस्थापिका, संवैधानिक अस्थिरतामा खेलेको देखिन्छ। प्रधानमन्त्री जहिले पनि धरापमा देखिने गरेका छन्। नेपालमा दलको बहुमत धेरै कम मात्रामा आउने रहेको अवस्था छ। राजनीतिको अभ्यास गरेर त्यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा रहेको छ। भूराजनीतिको चहलपहल संसारका सबै ठाउँमा भएको छ। गठबन्धनको ठूलो शक्ति त्यसबेला नेकपा (एमाले) नै रहेको थियो। गठबन्धनको निर्माण अविश्वासको जगमा भएको हो।

सबै दल मिलेर जाँदा चाहिँ के समस्या देख्नुहुन्छ ?
यसको असर सबै पक्षमा पर्ने हुन्छ। गठबन्धन भित्र जुन लेभलको बार्गेनिङ हुन्छ त्यो सत्ता र शक्तिको रूपमा अगाडि आएको छ। यो नकारात्मक पक्ष हो। गठबन्धन आफैमा नराम्रो भने होइन। आम नागरिकलाई राज्यको शक्ति, साधन र स्रोतको सदुपयोग गरेर अगाडि बढ्नु पर्छ। गठबन्धनको राजनीतिलाई कसरी अगाडि बढाउँछ भन्ने किसिमको संस्कृतिको विकास हुन सकेको छैन। भागबन्डाको राजनीतिले समाजमा भरपुर असर गरेको छ।

अहिलेको लोकतन्त्रलाई सम्हाल्न नसकेको कि नेतृत्व बहकिएको हो ?
यो नेतृत्वले लोकतन्त्र सम्हाल्न पनि नसकेको हो। लोकतन्त्रमा नेतृत्वको आचरण पनि गणतान्त्रिक वा लोकतान्त्रिक हुनुपर्छ। लोकतन्त्र भनेको कुरा धेरै हदसम्म आचरणमा निर्भर पर्छ। जसलाई आम नागरिकले फरक हिसाबमा बुझेका छन्। गाउँपालिकादेखि केन्द्रसम्म जुन किसिमको तामझाम देखिन्छ त्यसमा खासै तात्त्विक परिवर्तन भएको देखिँदैन। जनताको लागि काम गर्ने भन्ने कुनै रूप रङ्ग देखिँदैन। नेता आफै राजा हुने लालसामा लागि परेको देखिन्छ। संघीयताको कार्यान्वयन हुन सकेको छैन। यसले असन्तुष्टि व्यापक देखिन्छ।

राज संस्थाको वकालत गर्ने शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी उदाएको छ। अहिले नयाँ अभियान पनि सञ्चालन भएको छ यसलाई कसरी हेर्नु भएको छ ?
लामो समयदेखि २०४५/२०४७ देखि हेर्ने हो भने दुई किसिमका विचारधारा अगाडि बढिरहेका छन्। लोकतन्त्रको स्थापनापछि एउटा शक्तिले यसलाई स्वीकार गरेर अगाडि बढेको छ भने अर्को शक्तिले स्वीकार गर्न सकेको छैन। लोकतन्त्र स्वीकार गर्ने शक्तिले यसको कार्यान्वयन पक्षलाई ख्याल नगर्दा आक्रोश बढेको छ। माओवादीले लोकतन्त्र स्वीकार गरे पनि त्यसको कार्यान्वयनमा चुकेको देखिन्छ। आम राजनीतिक सहमति त्यहाँ पनि देखिँदैन। २०६३/२०६३ को आन्दोलन र राजनीतिक प्रक्रियालाई स्वीकार गरे पनि अहिले त्यो समूहमा ठूलो असन्तुष्टि देखिन्छ। अरुलाई दोष लगाउने भन्दा पनि हामीले अब राजनीतिक चरित्रलाई सुधार गर्नु आवश्यक छ।

राजनीतिक प्रणालीप्रति किन तालमेल नमिलेको हो ?

परिवर्तनलाई स्वीकार गरेर व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी हो। हाम्रा छिमेकी राष्ट्रदेखि अन्य मित्र राष्ट्रले पनि आफ्नो स्वार्थ अनुकुल राजनीतिलाई अगाडि बढाएको देखिन्छ। धेरै उतारचढाव भएका कारण आम जनताको विश्वासको पक्ष नै टुटेको छ। १५ वर्षमा सबै कुरा व्यवस्थित हुनुपर्ने हो। तर त्यो भएको छैन। यसले गर्दा विदेशी राष्ट्रलाई खेल्न सहज भएको छ। राज्य सत्ता कसैको सम्पत्ति होइन। तर नेताहरूले त्यसको सदुपयोग गर्नुपर्छ भन्ने सवाल अझैसम्म बुझेको देखिँदैन।

राजनीतिक तरलताको समयमा भारतीय विदेशी सचिवको नेपालमा आगमनलाई कसरी बुझ्ने ?
पछिल्लो समयमा जुन किसिमका भ्रमण भए ती भ्रमणलाई शंकाको दृष्टिले हेर्न सकिन्छ। भारत, अमेरिका र युरोपबाट भएका कतिपय भ्रमणलाई नियमित मान्न पनि सकिन्छ। त्यसलाई भू-राजनीतिसँग धेरै जोडिराख्नु पर्ने जस्तो लाग्दैन। भ्रमणकै कारण राज्य व्यवस्थापनै उथल पुथल हुने हिसाबले म हेर्दिनँ। नेपालमा नयाँ किसिमको सरकार निर्माण भएको छ त्यस कारण विभिन्न देशको सहकार्यका रूपमा अगाडि बढेको हो। नेपाल र भारतको बीचमा आपसी समझदारी फाइदाजनक रहेको छ। जस कारण नेपाल भोलि कता तिर जान्छ भन्ने चिन्ता केही देशलाई हुनसक्छ। भारत विश्व शक्तिको रूपमा अगाडि आएको छ। शक्ति राष्ट्रले आफ्नो चाहना अनुसार राज्य व्यवस्था अगाडि बढोस् भन्ने किसिमको सोच राखेकै हुन्छन्। समीकरण निर्माणमा पनि केही हदसम्म बाहिरको भूमिका रहेको देखिन्छ। हामीले सार्वभौमसत्ता गुमाएका छौं। जुन नीति निर्माण, राजनीति, कानुन पक्ष हाम्रो नियन्त्रणमा नरहेको अवस्था छ। हाम्रो विकासको मार्ग चित्र आफूले नै कोर्नुपर्ने हो। तर त्यहाँ हाम्रो कमजोरी छ।

यो नयाँ समीकरणलाई कसरी हेर्नु भएको छ ?
यो समीकरण निर्माणमा धेरै हदसम्म हामी नै हाबी भएका छौं। हामीले आफ्नो सुविधा अनुसार गठबन्धन निर्माण गरिरहेका छौं। नेपालको सरकार परिवर्तन गर्ने, फाल्ने भन्ने त्यति सम्मको अस्थिरता गर्ने आफ्नो चाहना अनुसार त्यहाँसम्म पनि जानु हुँदैन जस्तो लाग्छ। छिमेकीले नेपाल स्थिर नै रहोस् भन्ने चाहन्छन्। नेपाल अस्थिरताको कारण मल्ल राजाहरूको समयदेखि नै रही आएको हो। यसमा हामीले विशेष ध्यान दिनुपर्ने देखिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १२ : ४२ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख