झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु, एक महिला पक्राउ « Khabarhub

झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु, एक महिला पक्राउ


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

बुटवल– झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीले सैनामैना नगरपालिका १० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।

सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ वर्षीया माता सोनिया रेश्मी कहाँ शनिबार साँझ लिएर गएका थिए । 

माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी भगाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन् । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार-पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ ।  

उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो ।  

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना गरेको देखिएकाे छ । 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : २५ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा