‘प्रचण्ड’विरूद्धको रिट सर्वोच्चमा दर्ता « Khabarhub

‘प्रचण्ड’विरूद्धको रिट सर्वोच्चमा दर्ता


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले रिट ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको मुद्दाको पेशी बिहीबारका लागी तोकिएको  जानकारी दिएका छन्।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

प्रचण्डलाई पक्राउ गरी फौजदारी अभियोगमा छानबिन गरी कारवाही हुनुपर्ने आदेश माग गर्दै रिट परेको हो।

१ माघ २०७६ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्‍मा आफूले लिनसक्ने भाषण गरेका थिए। छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल