आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै | Khabarhub Khabarhub

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

कसरी सुरु भयो नारी दिवस ?


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ।

नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ। नेपालमा पनि बिदा दिइने गरेको छ।

कसरी सुरु भयो नारी दिवस ?

सन् १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत् महिला आन्दोलन गरेका थिए।

आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन्।

सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो। जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियो।
क्रमशः अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे। यो आ–आफनो देशअनुसार मनाउने चलन बढ्दै गयो।

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।

सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो। सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ५७ बजे

आजका समाचार : जसपाको निर्णयले सरकारलाई तनाव, ससंदमा सत्ता- प्रतिपक्ष गलफत्ती र दिनदिनै ट्रम्पको चेतावनी 

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक

कमलामाई– गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

एजेन्सी – पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन

भूमि बाहेकका पाँच अध्यादेश पनि पास गर्ने ग्यारेन्टी दिएनन् उपेन्द्रले

काठमडौं– जनता समाजवादी पार्टी नेपालले गत माघ २ गते राष्ट्रपति

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई