शुरु भयो २ सय ५० उजुरीमाथि अनुसन्धान « Khabarhub

शुरु भयो २ सय ५० उजुरीमाथि अनुसन्धान


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ सय ५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ । विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको राजधानी दैनिकमा खबर छ ।

विभिन्न क्षेत्रबाट संकलित प्रमाणका आधारमा दोषी ठहर भएपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार ४९ वटा सम्पत्ति शुद्धीकरण र दुई वटा आतंककारी क्रियाकलापबाट सम्पत्ति आर्जन गरी लगानी गरेका मुद्दा छन् । ती सबै उजुरी अनुसन्धानकै क्रममा छन् । मुलुकभरबाट प्राप्त भएका कागजपत्र तथा विभागलाई प्राप्त भएका विभिन्न प्रमाणका आधारमा दोषी ठहर भएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले चालू आर्थिक वर्षमा ३ सय १४ वटा उजुरी संकलन गरेकोमा त्यसमध्येबाट नौ वटा मुद्दा अदालतमा पेस गरेको विभागका सूचना अधिकारी विनोद लामिछानेले बताए । विभागमा परेका करिब ९० प्रतिशत उजुरीको प्रमाण नै नपुग्ने सूचना अधिकारी लामिछानेले बताए ।

विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म कुल १ हजार ५ सय ८८ वटा उजुरी परेका छन् भने ४२ वटा मुद्दा अदालतमा दायर भएका छन् । त्यस्तै, विभागले ४ सय ८९ वटा उजुरी तामेलीमा राखेको छ भने ३३ वटा मुद्दा अदालतबाट फैसला भएको विभागले जनाएको छ ।

हालसम्म लगभग १८ सयको हाराहारीमा उजुरी पर्दा पनि जम्मा ५१ वटा मुद्दा मात्रै अदालतमा दायर भएका हुन् । कालो धन नियन्त्रण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्ने उद्देश्यका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन भएको थियो ।

अहिले विभागका महानिर्देशक रूपनारायण भट्टराई छन् । उनी यातायात व्यवस्था विभागमा हुँदा यातायात क्षेत्रको सिन्डिकेट हटाउन खरो रूपमा उत्रिएका थिए । राजनीतिक दबाब आए पनि महानिर्देशक भट्टराई सिन्डिकेट हटाउने मामिलामा पछि हटेका थिएनन् । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि महानिर्देशक भट्टराई खरो रूपमा उत्रँदै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ०२ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि